२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गैरआवसीय नेपाली सङ्घ भन्छ : " सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ "

बुधवार , पौष ६, २०७९


काठमाडौँ, पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ । 
सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक वक्तव्य जारी गर्दैै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिक समक्ष पु¥याइएकामा आभार प्रकट गरे ।  
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिक रुपमा जोडिने बाटो खुलेको जनाउँदै उनले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरे ।  
नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उनले बताए ।  
“सङ्घले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भने,  “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व सङ्घले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र सङ्घको पहलले मूर्तरुप लिएको छ ।”
आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचार प्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक सुरक्षालाई सबै श्रमिक समक्ष पु¥याउन सरकारको सहयात्रीका सङ्घले महत्वपूर्ण भूमिका खेल्ने बताए ।  
“गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उनले भने, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार