२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मलेसिया बाढी : ' छपन्न हजार बढी विस्थापित '

मंगलवार , पौष ५, २०७९


क्वालालम्पुर, पुस  ।  मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार  १५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । 
सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् । 
केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् ।  बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार