काठमाडौँ, मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ । साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष श्री उपेन्द्रकेशरी न्यौपानेज्यूको अध्यक्षतामा सम्पन्न हो ।
ऋाज बसेको विशेष साधारण सभाले एनसीसी र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) गर्ने प्रस्ताव पारित गरेको छ । आजको बिशेष प्रस्तावमा निार्णय भएको हो ।
सो प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको छ ।
सभाले शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ । एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ ।
एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको सो बैकद्धारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।