२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

समानुपातिक नामावलीमाथि छानबिन थाल्यो :  " सच्याउने समय साँझ चार बजे सम्म"

सोमवार , मंसिर २६, २०७९


काठमाडौं, मंसिर ।  निर्बाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूचीबारे छानिविन सुरु गरेको छ । यससँगै सच्याउन  आवश्यक परे  त्यसका लागि  सोमबारसम्मको  समय दिएको छ । 
आयोगले समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आइतबार र सोमबार दुई दिनको समय दिएको  हो ।

आयोगको तालिका अनुसार दलले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।
निर्वाचन आयोगका अनुुसार,  नामावली आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दललाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  सञ्चारकमीैलाई जानकारी दिएका छन  ।
निर्वाचन आयोगका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूची भित्रैबाट नाम परे / नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए / नभएको छानबिन गरिने  जनाएको छ । 
समानुपातिक सिद्धान्त अनुसार भए / नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने बताए । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार