२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

  नेपाल इन्जिनियरिङ कलेज  : ' विद्यार्थी भर्ना २० प्रतिशत, तलब सुविधा १०० प्रतिशत वृद्धि '

शुक्रवार , मंसिर २३, २०७९

भक्तपुर, मंसिर  । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थी भर्ना न्यून हुँदै गएको छ । विभिन्न छात्रवृत्ति कोटा र नगरपालिका लगायत कर्मचारी कोटामा भर्ना हुने १५ प्रतिशत र अन्य छ प्रतिशत मात्र विद्यार्थी भर्ना भएका कलेजमा भने कर्मचारीको तलब सुविधा भने सय प्रतिशत नै वृद्धि भएको जनाइएको छ ।
कुनै सञ्चालक समितिले तलब वृद्धिको निर्णय नगरेको भए पनि कलेजमा मनोमानी रूपमा हैकम जमाउँदै आएका प्रिन्सिपल हरी कृष्ण श्रेष्ठ लगायतका टोली कलेज टाट पल्टाउन लागी परेको जानकारी प्राप्त भएको छ ।
मेरो सरकार डट कम लेख्छ, सञ्चालक समितिको कुनै पनि बैठकबाट तलब वृद्धिको निर्णय नभएको भए पनि मनोमानी रूपमा केही समूहले एकलौटी रूपमा कलेजका कर्मचारीको तलब वृद्धि गरेको खुल्न आएको छ ।
कलेज विवाद सर्वोच्चमा रहेको छ । उच्च अदालतले कलेज निजी नै भएको रिट जारी गरी सकेको छ । यस्तो अवस्थामा कलेज संस्थापकहरूलाई कुनै जानकारी नै नगराई विभिन्न तत्त्वहरूले कलेजमा हाबी जमाउँदै करोडौँ घोटाला गरेको समेत खुल्न आएको छ ।
कलेजमा विगत २०७४ साल देखि कुनै लेख परीक्षण हुन सकेको छैन । कलेज आफ्नो हातमा ल्याउन खोज्ने तत्कालीन मेयर र केही जनप्रतिनिधिले समेत कलेजको हिसाब स्पष्ट राख्न नसक्दा उनीहरूको नियतमा पनि खोट रहेको र उनीहरूले पनि कलेजबाट लुट मात्र जमाएको स्पष्ट हुने देखिन्छ ।
कलेजले हाल चाँगुनारायणका मेयरलाई विवादमा तन्नका लागि विभिन्न प्रपञ्ज रचिँदै आएको समेत खुल्न आएको छ । चाँगुनारायणका मेयरले अदालतको निर्णय नै अन्तिम हुने बताउँदै आएका कारण उनलाई फसाउन कलेज कब्जा गर्नेहरूको ठुलो चलखेल हुँदै आएको खुल्न आएको छ ।
कलेजमा १३७ जना विद्यार्थी भर्ना भएका खुल्न आएको छ । कलेजको कोटा भने ६२० जना रहेको छ । यसमा छात्रवृत्ती कोटाबाट भर्ना हुनेको संख्या १०० हाराहारी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार