२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौता

मंगलवार , मंसिर १३, २०७९

 

काठमाडाैँ, मंसीर । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।

दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङगो लागेको हो । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ ।

राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहनुभएका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिनुभयो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ ।

दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४.४३ अर्ब हुनेछ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार