काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनमा १५५ स्थानको मत परिणाम सार्बजनिक गरेको छ । १० स्थानमा मतगणना जारी रहेको निर्बाचन आयोगले जनाएको छ भने ३ स्थानको मतगणना हुनसकेको छैन ।
पछिल्लो मत परिणाम अन्सार, नेपाली काग्रेस ५३ स्थानमा बिजयी भएको छ भने ४ स्थानमा अग्रता लिएर अग्रता कायम गरेको छ । यसैगरी, एमाले ४१ स्थानमा विजयी, ३ स्थानमा अग्रता, रास्वपा ७ विजयी, राप्रपा ७ विजयी, नेकपा माअोबादी केन्द्र १७ स्थानमा बिजय हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको जनाइएको छ ।
नेकपा एकीकृतले १० स्थानमा बिजय हारिल गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले ५ स्थानमा बिजयी भएको छ भने १ मा अग्रता लिएको छ । त्यसैगरी, जनमत पार्टी ३, स्वतन्त्र ३, राष्ट्रिय जनमोर्चा १, नागरिक उन्मुत्ति ३ र लोसपाले ३ स्थानमा बिजय हासिल गरेको निर्बाचन आयोगले जनाएको छ ।