२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जसपाद्धार चुनावी  घोषणापत्र  सार्बजनिक

घोषणापत्र  भन्छ :  "कम्युनिस्ट - कमाउनिस्ट ",  कांग्रेस -  'इतिहासको ब्याजमा धानिएको' 

शनिवार , कार्तिक १९, २०७९

काठमाडौँ, कात्तिक ।  आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा  जनता समाजवादी पार्टी (जसपा) आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा  स्थापित हुने बताएको छ । शनिबार सार्बजनिक  गरेको घोषणापत्रमा जसपाले भनेको छ, 'सहभागितामूलक लोकतन्त्र, समावेशी विकास र समन्यायिक रुपान्तरणको मुद्दालाई सार्थक बनाउन आफूहरू आवश्यक देखियौ । '
जसपाले घोषणापत्रमा भनेको छ,  'नेपालका राजनीतिक दलहरू मूलतः तीनथरिको विचारधारामा बाँधिएका छन ।  जसपाले कम्युनिस्ट पार्टीहरू 'कमाउनिस्ट' मा रुपान्तरण भएको, पुँजीवादी कांग्रेस इतिहासको ब्याजमा धानिएको र केही पार्टीहरू धार्मिक कट्टरपन्थ र राजतन्त्रवादी रहेको रूपमा व्याख्या गरेको छ । यी तीनथरि पार्टीहरूको बीचमा आफूलाई भने जसपाले विकल्पका रूपमा अघि सारेको  पनि बताएको छ ।' साम्यवादी लक्ष्य बोकेको कम्युनिस्ट विचारधारा । यो विचारधारालाई नै विश्व दृष्टिकोण मानेर धेरै कम्युनिस्ट पार्टीहरू जन्मिएका छन् । 
नेपालमा पनि धेरैथरि कम्युनिस्ट पार्टीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्,' जसपाले कम्युनिस्ट पार्टीहरूबारे यो टिप्पणी गरेको छ । उसो त जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको छ ।
कांग्रेसबारे जसपाको धारणा छ, 'पूँजीवादी उदारवादी विचारधारा । यो विचारधारालाई अँगाल्ने पार्टी नेपाली कांग्रेस हो । यो पार्टीले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन । केवल इतिहासकै ब्याजमा धानिएको पार्टीको रुपमा नेपाली कांग्रेसले पारम्परिक राजनीति गरिरहेको छ ।'
नेपालमा रहेका तेस्रो धारका पार्टीहरूबारे जसपाको घोषणापत्रमा भनिएको छ, 'धार्मिक कट्टरपन्थी र कुनै न कुनै रूपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारा ।'
अहिले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा समेत त्यो विचारधारालाई राजनीतिक दृष्टिकोण मानेर अघि बढ्ने दलहरु अझैपनि छन् । नेपालमा अहिलेसम्म यिनै तीन विचार धाराका ।' 
यो विचारधारा बोक्ने पार्टीहरू कुन कुन हुन् भन्ने स्पष्ट नभने पनि ती पार्टीहरूले देशमा विभिन्न खाले उत्पीडन, दमन, विभेद र असमावेशीकरणलाई बढावा दिएको उल्लेख गरेको छ :

  • समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, बन्धुत्व, भाईचारा, समाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न ।
  • पहिचानसहितको सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज एवं साझेदारी समृद्धिको जनआकाङ्क्षालाई साकार पार्न ।
  • देशमा विद्यमान विकृति, विसङ्गती, भ्रष्टाचार, असुरक्षा, कलंकको रुपमा रहेको छुवाछूत प्रथा र अव्यवस्थाको अन्त्य गरी मानिसको जन्मसिद्ध अधिकारहरु जस्तै खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारी एवं मानसम्मान जस्ता सम्पूर्ण मौलिक हकहरू प्रदान गर्न तथा सामाजिक न्याय, सुशासन र जनमुखी प्रशासन दिन ।
  • नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको परिप्रेक्ष्यमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न ।
  • सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि राज्यको विशेष संरचनाका रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र तथा गैरभौगोलिक विशेष क्षेत्रको व्यवस्था गराउन तथा शिल्पी÷दलित समुदायको सम्मानजनक पहिचान स्थापित गराउन ।
  • सांस्कृतिक वहुलता र जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै धर्मनिरपेक्ष राज्यको सिर्जना गर्न तथा मुलुकको सामाजिक सद्भाव विथोल्ने जातिवादी र रङ्गभेदी नीतिको साथै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीयलगायत सबैखाले उत्पीडनको अन्त्य गर्न ।
  • नेपालका आदिवासी जनजाति, मधेशी, खस, आर्य, दलितरशिल्पी, पिछडावर्ग, मुस्लिमलगायत सबै जात, जाति तथा भाषाभाषीहरूको एकताको प्रवद्र्धन तथा बाह्य हस्तक्षेपको प्रतिरोध गर्दै राष्ट्रिय एकताको रक्षा र संवर्दन गर्न ।
  • देशमा समाजवाद उन्मुख सामाजिक, शैक्षिक, आर्थिक राजनीतिक, सांस्कृतिक कार्यक्रमहरू कार्यान्वयन गरी विद्यमान आर्थिक असमानता जात, जातीय र वर्गीय विभेद समाप्त गर्न ।
  • नेपालमा सामन्ती राज्य विस्तारकै बेलादेखि कायम रहेको एकल जातीय राज्यको ढाँचामा परिर्वतन गरी जातीय साझेदारी, सहअस्तित्व र सामाजिक सद्भावको अभिवृद्धि गर्न ।
  • महिला तथा यौनिक अल्पसङ्ख्यकहरूलाई राज्यका सबै अङ्गहरूमा समान अधिकारका साथै जेष्ठ नागरिक, एकल महिला तथा फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षणको विशेष व्यवस्था गर्न ।
  • युवाहरूका लागि खेलकुद मैदान तथा कभर्ड हलहरू निर्माण र ओपन जिम तथा बालबालिकाहरूका लागि मनोरञ्जन गृह तथा पार्क सञ्चालन गर्न । यसका साथै नयाँ राष्ट्रीय युवा नीतिमार्पmत् युवाहरुको शारीरिक, मानसिक तथा भौतिक विकासका साथै सबैलाई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारीको प्रत्याभूति गराउने ।
  • २०६२- ६३ सालको शान्तिपूर्ण जनक्रान्तिको भावनाअनुरूप सामाजिक–आर्थिक रूपान्तरण गर्दै मुलुकलाई एक्काइसौँ शताब्दीको समृद्ध समाजवादी मुलुक निर्माण गर्न ।
  • संविधानमा रहेका त्रुटि र अपूर्णताहरुलाई संविधान संशोधनमार्फत् पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्न ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार