२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बेलायतमा नयाँ प्रधानमन्त्री

बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनक प्रधानमन्त्री बने : प्रधानमन्त्री देउवाद्वारा बधाई

मंगलवार , कार्तिक ८, २०७९

संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो ।  सन् १९८० मा साउथ ह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उहाँहरु पूर्वी अफ्रिकाबाट बेलायत आउनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार