२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि  तथा प्रदेश सभा निर्बाचन

निर्बाचन कार्यसूचि : 'उजुरी परेका उम्मेदवारले आज जवाफ दिँदै, यस्तो छ तालिका'

मंगलवार , आश्विन २५, २०७९

प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि दिउँसो २ बजेसम्मको समयसीमा तोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदार सहितका उम्मेदवारविरुद्ध परेको छ । देशैभरका उम्मेदवारमाथि परेको उजुरीपछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सबन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । 
उता निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसीमा तोकिएको छ । 
सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार