२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

७६ जिल्लामा फैलियो डेङ्गु  : " हालसम्म  ४४ को मृत्यु, सक्रिय सङ्क्रमित ५६९ पुगे "

सोमवार , आश्विन २४, २०७९

हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ । 
हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ । 
हालसम्म नेपालमा नौ लाख ९९ हजार नौसय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौलाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार