२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एमालेभित्र रडाको मच्चियो 

घनश्यामलाई सत्ता गठबन्धनको समर्थन : ' राती प्रचण्डले फोनमा भने : तपाइँ ढुक्क रहनुस्'

आइतवार , आश्विन २३, २०७९

 

नेकपा एमालेले टिकठ नदिएपछि दल परित्याग गरेका घनश्याम भूसाल रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने भएका छन ।  स्वतन्त्र उम्मेदवार दिे भनिएका भूसाललाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए ।

बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै भूसालले भने, ‘प्रस्तावका लागि माओवादीलाई धन्यवाद छ, प्रचण्डलाई धन्यवाद छ । तर मलाई स्वतन्त्र नै हुन दिनुस् भनें ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेको भन्दै भूसालले अगाडि सुनाए, ‘राति साढे १२ बजे प्रचण्डले मलाई भने ।

मैले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको छु । माधव कमरेडलाई पनि कुरा गरिसकेको छु । हामी तपाईंलाई समर्थन गर्छौं । हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन । तपाईं अगाडि बढ्नुस् भने ।’

अब आफूले सत्ता गठबन्धनको समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही १ मा उम्मेदवारी दिने उनले बताए । भूसाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । व्यवहारिक राजनीतिमा बढी जित्ने सम्भावना हेरिने भएकाले रुपन्देही १ रोजेको उनले बताए ।

साथै २०७४ मा आफू घर भएको क्षेत्र रुपन्देही १ बाट उठ्न चाहेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आग्रहका कारण ३ मा गएको उनले बताए । उनले अगाडि भने, ‘एउटा राजनीतिज्ञले बढी सम्भाव्य क्षेत्र हेर्छ, त्यसकारण म १ नम्बरमा जान चाहें ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार