२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

कांग्रेस महामन्त्री गगनकुमार थापा  : 'सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने'

शनिवार , आश्विन २२, २०७९

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।  महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए ।

हाम्राकुरा लेख्छ,पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरण अनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् । 

त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए । उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् । 
सर्लाहीका सभापतिदेखि नेता कार्यकर्ताले पटक पटक गगनको घरमा आएर सर्लाही बनाउने जिम्मा तपाईको भन्दै आग्रह गरेपछि ती नेता कार्यकर्ताको आग्रह टार्न नसकेपछि उनले सर्लाहीबाटै उम्मेदवारी दिने भएका हुन् ।  गगनले पनि सर्लाही आफ्नो घरजस्तो भएकाले चुनाव लड्न आउनसक्ने संकेत गरेका  थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार