२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसमविद् भन्छन

देशभर अझै तीन दिन वर्षा हुने : " मङ्गलबारदेखि मौसममा सुधार आउने "

शनिवार , आश्विन २२, २०७९

नसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भने,  “अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि  विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ ।

प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै  र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ  । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

 महाशाखाका अनुसार गत २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँम नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार