२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओवादी केन्द्र बैठक

अध्यक्ष  ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने : 'माओवादीलाई बिजयी हुन सजिलो रहेको निष्कर्ष'  

शुक्रवार , आश्विन २१, २०७९


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने  भएका छन । माओवादीको आज साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । 
गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो  । 
विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी भएका थिए ।  यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए । 
 विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो । डा. भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पार्धा नगर्ने सार्वजनिक गरिसक्नुभएको छ । अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी भएका थिए । 
पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको व्रिफिङ गराएका थिए ।  अध्यक्ष दाहालले प्रतिनिधिसभातर्फ करिब ४७ सिट माओवादीले पाएको र अझै केही सिटको बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी गराएका छन । “बैठकमा अध्यक्ष दाहालले गठबन्धन बैठकमा भएको सिट बाँडफाँटका बारेमा जानकारी गराए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार