२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

काठमाडौँ उपत्यका  : 'आज दिनभर पानी पर्ने, अपरान्हतिर केही कम हुने'

बिहिवार , आश्विन २०, २०७९


काठमाडौँ, असोज । काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवत जावतमा निकै कठिनाइ भइरहेको छ ।
रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।
“काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ”   उनले भने, “३÷४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।” काठमाडौँ उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार