बुधबारदेखि देशभर निरन्तर परेको अबिरल मनुसनी गतिविधी आज, बिहीबार, बिहानसम्म सक्रिय हुँदा देशभरका खेलानाला भरिएका छन । बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।
आज बिहानसम्म चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित देशभरका सबै साना खोला तथा नदीमा पानीको सतह बढेको हो । आकस्मिक बाढीको सम्भावना पनि रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार बिहीबार बिहान गरिएको मापनमा चितवनको देवघाटमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
चितवन नवलपरासी तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बेलुकासम्म नै उच्च सर्तकता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।