२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अबिरल बर्षा 

नारायणीमा पानीको बहाव : 'खतराको सूचक तहमा, गण्डक बाँधका ३६ वटै ढोका खोलियो' (अपडेट)

बिहिवार , आश्विन २०, २०७९

परासी, असोज ।  लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो ।
नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ ।अहिले तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । 
नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार