२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मिश्र राप्रपामा 

राप्रपासँग एकतापछि मिश्रले भने  :  " मुलुकमा 'वामवाद' ले 'सौहार्द' समाजलाई विकृत बनायो "

'पछिल्लो पाँच वर्षमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट द्वन्द्व र विवाद गर्न नहुने कुरा सिकायो'

बुधवार , आश्विन १२, २०७९

काठमाडौँ, असोज ।  राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक भएपछि नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने  बताएका छन । उनले भनेका छन,  पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि द्वन्द्व र विवाद गर्न नहुने क्रा सिकाएको छ । 
साथै क्यानडा, अमेरिका लगायत देशका नेताहरूको उदाहरण दिँदै भने,  नेतृत्वलाई सहयोग गर्नुपर्ने,  पार्टीमा बखेडा नझिक्ने  पछिल्लो पाँच वर्षमा आफैंले स्थापना गरेको पार्टीभित्रबाट पनि अनुभव लिएँ ।  विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन । 
नेता मिश्रले आफैंले स्थापना गरेको पार्टी ठूलो पीडा र अप्ठ्यारोले छाडेको गुनासो गरेका थिए । यस क्रममा उनले पार्टीलाई भन्दा नेताको व्यक्तित्वलाई प्रचार गर्नु पर्ने तर्क गरेका थिए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रसंग निकाल्दै उनले नेताको व्यक्तित्वलाई प्रचार गर्नु आवश्यक रहेको बताएका थिए ।

विवेकशील साझा पार्टीबाट निस्किएका नेता तथा कार्यकर्ताहरू र राप्रपाबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन् । यस क्रममा उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।यसैबीच नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको दाबी गरे ।

जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । नेपाल कमजोर भएकैले विदेशीहरूले, ल्यान्ड पावर,  भन्ने गरेको उनको भनाइ थियो ।

मिश्रले नेपालको पछिल्लो राजनीति विकृत बन्नुको पछाडि , वामवादु र धर्मान्तरको प्रमुख भूमिका रहेको आरोप लगाए ।  वामवाद ले गर्दा सौहार्दपूर्ण रुपमा बसेको समाजलाई विकृत बनाएको र जातजातिलाई विभाजित गर्ने काम गरेको पनि उनले आरोप लगाए ।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा शंख(घण्ट बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता भएको छ । विवेकशील साझा पार्टी बाट राजीनामा दिएपछि मिश्रले आफू निकट समूहलाई राप्रपासँग एकता गराएका हुन् । बुधबार एकता घोषणा सभाबाट मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार