२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा : 'देशभर थप ७४ जनामा  कोरोना सङ्क्रमण, एकको निधन'

शनिवार , आश्विन ८, २०७९


काठमाडौँ, असोज । कोरोना भाइरसको सङ्क्रमण देशभर ७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार  १२६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ११६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।  आज एक जनाको सङ्क्रमणका कारणले निधन भएको जनाइएको छ । अहिलेसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार  २८३ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।

होम आइसोलेशनमा एक हजार  २३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचारकक्ष (आइसीयू) मा १०  जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार