२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नागरिकता विधेयक 

संसद्का दुवै सदनबाट पारित  : 'राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित'

बिहिवार , आश्विन ६, २०७९


काठमाडौँ, असोज । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् ।

संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रो पटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडी बताउँछन ।  “राष्ट्रपति महोदयलाई मेरो आग्रह छ, संविधानले दिएको भूमिका निर्वाह गर्नुस्” उनले भने। 
 
संविधान विपरीतको यो कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि पहाडीले जोड दिएका छन ।  लोकतन्त्र र संविधान मुख्य कुरा हो अरु गौण कुरा भएको उल्लेख गर्दै उनले दुवैका विरुद्ध राष्ट्रपति प्रयोग हुनु दुःखद रहेको बताएका छन ।  
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा कपिल श्रेष्ठले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नहुँदा संविधानको मर्ममा असर पर्ने तर्क गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार