२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जनता समाजवादी पार्टी 

अध्यक्ष यादवले भने : ' संबिधानको जो रक्षक हो, उनैले उल्लंघन गरे '

'संसदले पारित गरेको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन '

बुधवार , आश्विन ५, २०७९


हेटौंडा, असोज ।  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय लोकतन्त्रमाथि प्रहार गरेको टि भने, संसदले पारित गरेको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन । 
‘जो संविधानको संरक्षक हो उनैले संविधानको उल्लंघन गरे’, उनले भने, ‘यही विधेयकलाई अघिल्लो सरकारले अध्यादेश ल्याउँदा प्रमाणीकरण गरिन, अहिले हामीले लगेको विधेयकमा कुनै कमा, फुलस्टप फरक छैन । हिंजो प्रमाणीकरण गर्न हुने, आज प्रमाणीकरण नगर्नु गलत हो । ’

नेपालको राष्ट्रपतिलाई कार्यकारीणी अधिकार नभएको उल्लेख गर्दै उनले विधेयकमा यो भयो, त्यो भएन भन्ने अधिकार राष्ट्रपतिसँग नभएको उल्लेख गरे । उनले भने, ‘राष्ट्रपतिलाई ‘च्वाइस’ छैन । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।’
यस्तो क्रियाकलापले राष्ट्रपति, सरकार र संसदबीच द्वन्द्व बढ्ने बताउँदै उनले यो द्वन्द्वले संसदीय व्यवस्थालाई नै समाप्त पार्ने चिन्ता व्यक्त गरे । केही मुलुकमा दोस्रो पटक संसदले हुबहु पारित गरेर वा संशोधनसहित पठाएको विधेयक स्वतः कानूनमा बदलिने उदाहरण दिंदै उनले नेपालको संविधान यसमा स्पष्ट नभएको बताए । 
उनी पार्टीको मकवानपुर जिल्ला पुनर्गठन घोषणा कार्यक्रमलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार