२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ' :  नेत्री देउवा

मंगलवार , आश्विन ४, २०७९


बीरगञ्ज, असोज ।  नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै  महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गर्नुभएको छ । 
पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताउनुभयो । 

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले  यसलाई  सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
सो अवसरमा उहाँले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गर्नुभयो । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार