काठमाडौं, असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशाभा निर्बाचनका लागि समानुपतिकतर्फको बन्द सूचि आज निर्बाचन आयोगमा पेस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा दर्ता गरिएको सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
महामन्त्री शर्माले आयोगमा बन्दसूची दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सङ्घमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशमा, नेपाली कांग्रेसको संसदीय बोर्डको निर्णय र आजै बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम बुझाएका छौँ ।
प्रतिस्पर्धामा त गइरहेकै छौँ, यो अवसरलाई उपयोग गरेर आफ्नो अभिमत जोहेर गर्न अपिल गरेका छौँ र कांग्रेसलाई नेपाली जनताले मत दिएर विजयी गराउँदै हुनुहुन्छ भन्नेमा विश्वस्त छौँ ।” उनले प्रतिस्पर्धामा रहेका दललाई पनि लोकतान्त्रिक संस्कृतिका साथ इमानदारितापूर्वक स्वस्थ प्रतिस्पर्धाका लागि आह्वान पनि गरेका छन ।
उनले थपवे, “समानुपातिकतर्फको सूची बुझाएका छौँ । २० दिनपछि प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने क्रममा छौँ । यससँगै घोषणापत्रमार्फत नेपाली कांग्रेसको नीतिलाई अबको पाँच वर्षभित्र कसरी अगाडि बढाउने भन्ने तय हुनेछ । आज बढो उत्साहपूर्वक दर्ता गरेका छौँ”, उनले देशभरबाट हजारौँ आकांक्षी रहनुभएको र आठ सय जनाको सिफारिस प्राप्त भएकोमा क्लष्टर अनुसार योग्य उम्मेदवारको बन्द सूची तयार गरिएको बताए ।
बन्दसूची पेस गर्न कांग्रेस महामन्त्री शर्मासहित उपसभामुख पुष्पा भुषाललगायतका नेताहरू आयोगमा पुगेका थिए ।