२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी माओवादी 

अध्यक्ष दाहालले भने :  ' निर्वाचन प्रणाली र शासकीयस्वरुप परिवर्तन गर्नुपर्छ '

बिहिवार , भाद्र ३०, २०७९


काठमाडौँ, भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छनज । 
नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।  
“हामी पहिला खाद्यान्नमा निर्भर थियौँ, आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्र्यौं तर अहिले हामी निर्यातभन्दा आयात धेरै गर्न थालेका छौँ”, अध्यक्ष दाहालले भने,  “गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन ।”
अध्यक्ष दाहालले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन ।  संरचनामा देखिएका विकृति र विसङ्गतिलाई सुधार गर्नका लागि आफू लागिपर्ने उनको भनाइ थियो । 
“केही पूर्वप्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेका छौँ, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइन बोर्ड टाँग्ने, त्यो साइनबोर्ड भित्र भ्रष्टाचार बाहेक केही गर्दै नगर्ने”, अध्यक्ष दाहालले भने,  “के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीँ खोट छ ? हामी सबैले विचार गर्नुपर्ने विषय हो ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार