काठमाडौँ, भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर जाने कसरत स्वरुप आज पाँचदलीय गठबन्धन बैठक बसेको छ । आज प्रधानमन्त्री निबास बालुवाटारमा सत्ता साझेदार दलका नेता दुई पक्षीय र त्रिपक्षीय बैठकमा जुटेका छन् ।
एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई( तीन दलका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
आजको बैठकमा सत्तारुढ गठबन्धनका नेता सिट बाँडफाँटबारे छलफल भएको र सहमति नजिक पुगेको नेता कार्कीले जानकारी दिए । बैठक निष्कर्ष नजिकमा सहमतिपूर्ण तरिकाले गएका छौं । सबैले लचिलो हुनुको विकल्प छैन तर दलहरूको आ(आफ्नो अडान छ । ती अडानमा सूक्ष्म ढंगले छलफल गरेर अगाडि बढेका छौं,ु उनले भने ।
दलका नेताबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे । ुदुई पक्षीय र त्रिपक्षीय छलफल चलिरहेको छ । अझै छलफल बाँकी रहन्छ,ु उनले भने । एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दलहरूबीच छलफल भइरहेको कार्कीले जानकारी दिए ।
उनले भने, एउटै सिटमा दुई, तीन दलले दाबी गरेका छन् । त्यो सबै मिलाएर एक जना मात्रै गठबन्धनको उम्मेदवार बनाउनका लागि दुईपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ ।ु