२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल  चीनबीच सम्बन्ध 

चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौंमा : 'संसदीय तहमा सहकार्य गर्ने गृहकार्य'

सोमवार , भाद्र २७, २०७९

काठमाडौँ, भदौ ।   चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनी सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।
लीको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सको भ्रमणका दौरान सोमबार बेलुकी नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरूको भ्रमण आदान–प्रदानको लागि सम्झौता हुन लागेको संसद् सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय पोलिटब्युरो स्थायी कमिटीस्तरका नेताबाट भएको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार