२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड–१९ : '१०४ जना सङ्क्रमित थपिए' 

आइतवार , भाद्र २६, २०७९


काठमाडौँ, भदौ । कोरोना भाइरसको सङ्क्रमण आज १०४  जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार  ५८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 
 
आज २०१  जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३१६ पुगेको छ । आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या १२ हजार १४ पुगेको छ । 

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् ।
 
होम आइसोलेशनमा दुई हजार  २३६, संस्थागत आइसोलेशनमा ८०, सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप आठहजार ४१२ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार