२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

इन्द्रजात्रा : 'जिब्रो छेड्दै गजु श्रेष्ठ'

आइतवार , भाद्र २६, २०७९


येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डवलीमा जिब्रो छेड्दै  मध्यपुर थिमि– ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठ । फलामको करिब एक फिट लामो तीन वटा जोडिएको सियोले कर्मी नाइकेले जिव्रो छेडिएको हो ।

छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, शङ्खचोक,  सूर्यविनायक नपाको दक्षिण बाराही, परिक्रमा गरेर पुनः मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा पुगेर सियो निकालिएको गियो ।

करिब २० केजीको  अद्र्ध चन्द्राकार भ्ये (दीप) काधमा बोकेर करिब ४ घण्टा नगरको विभिन्न ठाउँ परिक्रमा गरिएको थियो । यसअघि २०७४ मा पनि उहाँले नै जिब्रो छेडेका थिए ।  तस्बिर : डेमोखबर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार