२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन

महामन्त्री शर्मा : 'कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजक बने '

बुधवार , भाद्र २२, २०७९


 काठमाडौ, भदौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा मनोनयन गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 
कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार