२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष प्रचण्ड भन्छन : 'लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने अभिभारा काँधमा आयो'

'सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिलाई समाप्त गर्न विभिन्न प्रतिक्रियावादी शक्ति अझै सल्बलाइरहेका छन' 

मंगलवार , भाद्र २१, २०७९

 

सुदूरपश्चिम, भदाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा आइपुगेको बताउनुभएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिलाई समाप्त गर्न विभिन्न प्रतिक्रियावादी शक्ति अझै सल्बलाइरहेको बताए ।  
अध्यक्ष दाहालले अहिलेसम्मका सबै प्राप्त उपलब्धि माओवादीकै कारणले भएकाले त्यसको रक्षा गर्नुपर्ने  धारणा राखे । उनले आउँदो निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरे ।  

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीबाट नाम सिफारिस गर्दा पार्टीको संस्थागत निर्णयबमोजिम गर्नुपर्ने बताएका छन ।  कसैले पनि आफ्नो खल्तीबाट नाम सिफारिस गरेको भए त्यो सिफारिस पार्टीलाई मान्य नहुने उनको भनाइ थियो । 
अध्यक्ष दाहालले बुधबारसम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको जानकारी दिएका छन ।  सत्ता गठबन्धन दलहरुबीच सम्मानजनक सिट बाँडफाँट हुने उनको भनाइ थियो 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार