काठमाडौँ, भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्बाचनका लगि १० हजार ८८८ मतदान स्थल कायम भएको छ । निर्बाचन आयोगका अनुसार, स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरवलोकन गर्दा गत स्थानीय चुनावको भन्दा आगामी चुनावमा नयाँ १३२ मतदान स्थल थपिएको जनाइएको छ ।
निर्बाचन आयोगले मतदानस्थल पुनरवलोकन गर्दा गत स्थानीय निर्वाचनका बेला भएका ४०१ मतदान स्थललाई हटाई नयाँ निर्धारण गरेको छ । आयोगले भन्यो, खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई हटाई नयाँ कायम गरिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान स्थल थपिँदा सोही अनुपातमा मतदान केन्द्रसमेत थपिएका बताएका छन । उनले भने, मतदाताको अन्तिम नामावली टुङ्गो नलागेसम्म मतदान केन्द्रको सङ्ख्या यकिन हुदैन । मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन गरिदैँछ ।
मतदाता सङ्ख्याको आधारमा केन्द्र निर्धारण गरिने पनि जनाइएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिले एक हजार मतदातामा एउटा मतदान केन्द्र निर्धारण गर्ने व्यवस्था गरेको छ तर मतदाता सङ्ख्या कम रहे पनि एउटा वडामा कम्तीमा एउटा मतदान स्थल हुनैपर्ने व्यवस्था छ ।
सहा जानकारी दिएका छन । जिल्लास्थित मतदान स्थल पुनरवलोकन समितिले गरेको सिफारिसको आधारमा तय गरिन्छ । आयोगले साउन १ गतेदेखि मतदान स्थल पुनरवलोकन कार्य गरेको थियो ।
पाँच वर्षपछि भएको चुनावमा समेत आयोगले सोही मतदान स्थल र मतदान केन्द्रलाई निरन्तरता दियो । जसले गर्दा साबिकको गाविस भवन जीर्ण भई वा भत्किन गई मतदान केन्द्र पूर्वाधारविहीन बनेको थियो ।
मतदाताले खुला आकाशमुनि मतदान गर्नुपर्ने बाध्यता हटाउन आयोगले अन्तिम समयमा बजेट व्यवस्थापन गरी टेन्ट लगाएर मतदान केन्द्र तयार गरेको थियो ।
आयोगका अनुसार एक हजार १२३ मतदान स्थलको त्रुटि सच्याइएको छ । ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ ।
१६३ मतदान स्थलका सबै मतदातालाई स्थानान्तरण गरी १६९ मतदान स्थल कायम गरिएको र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा स्थल गाभिएको आयोगले जनाएको छ ।