२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रभु बैंक  र सिटी जिम हेल्थबीच सम्झौता 

शनिवार , भाद्र १८, २०७९


काठमाडौँ, भदौ । गत भदौ १५ मा प्रभु बैंक लिमिटेड र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 
बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख श्री पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का तर्फबाट अध्यक्ष श्री गोकर्ण कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
 प्रभु बैंक र उक्त जिम सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.द्धारा सञ्चालित सेवाहरुमा तल उल्लेखित छुट प्राप्त हुने भएको छ ।   

समय अवधि जिम सदस्यता मासिक शुल्क प्रस्ताबित छुट :
१ महिना ३,००० ५ %
३ महिना ७,००० ६ %
६ महिना १२,००० ७ %
१ वर्ष २०,००० १० %
उक्त सम्झौता अन्तर्गत सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार