२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

झापा–३  : ' कांग्रेसबाट नेता सिटौला एकल उम्मेदवार सिफारिस '

शनिवार , भाद्र १८, २०७९


झापा,  भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन ।  
पार्टीको क्षेत्रीय कार्यसमितिको बैठकले नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले  जानकारी दिएका छन ।  
बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु सिफारिस भएको उनले जानकारी दिए ।  
प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश (क) मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार