२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा  : 'थप २६९ मा कोरोना सङ्क्रमण'

बिहिवार , भाद्र १६, २०७९


काठमाडौँ, भदौ । कोरोना भाइरसको सङ्क्रमण आज २६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार  ५५७ परीक्षणमध्ये  २६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 
आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ ।  सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट एक जनाको निधन भएको छ । 
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् ।
यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा  १५४, सघन उपचार कक्ष (आइसियु) मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार