२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा एमाले 

प्रतिनिधि  र प्रदेशसभा सदस्य निर्वाचन  : 'भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न निर्देशन'

बिहिवार , भाद्र १६, २०७९


काठमाडौँ, भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो । 

उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानूनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ । 

निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ । समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्नेछ भने जनसङ्गठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार