२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारत - चीन सीमा विवाद : 'बेइजिङमा समस्या'

अमेरिकी नौसेना प्रमुखले भने : 'चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्छ'

आइतवार , भाद्र १२, २०७९


टोकियो, भदौ । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ ।
“चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि  भारतको भूमिका महत्त्वपूर्ण हुने,“ उनले बताएका छन् ।
“मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु,“ गिल्डेले थपेका छन् ।
गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै  “हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्वपूर्ण बन्दै गएको छ । भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।“
हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकार माझ देखिएको  निक्की एशियाले रिपोर्ट गरेको छ । एएनआई

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार