२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेकपा एमाले बैठक निर्णय

बामपन्थी गठबन्धनको आव्हान :  " ओली प्रधानमन्त्रीको उम्मेदवार तोकियो, एकल बहुमतको सरकार निर्माण "

'अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेतालाई  दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने' 

शनिवार , भाद्र ११, २०७९


काठमाडौँ, भदौ ।  नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ, केन्द्रीय सदस्य नीरज आचार्यले भने ।
शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेद्वारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।
यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार