२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

धौवादी फलाम खानीको अवलोकन

मन्त्री बडूले भने : 'धौवादीको फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ '  

बिहिवार , भाद्र ९, २०७९


काठमाडौँ, भदौ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवाएका छन ।   आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आइपुग्नुभएका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन । 
मन्त्री बडूले यस पटकको अनुगमन औपचरिकतामा सीमित नहुने भन्दै थपे,  “पटकपटक धेरै मन्त्रीले अनुगमन गर्नुभयो अब हामी रिजल्ट दिने गरी आएका छौँ, चाँडै नै फलाम खानीमा उत्खनन र प्रशोधनको कामले गति लिन्छ ।” 
धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दसहित मन्त्री बडु फलाम खानी स्थल पुगेका थिए ।  
मन्त्री बडूले उत्खनन र प्रशोधनको काममा निजी क्षेत्रको सहकार्य गर्ने गरी छलफल चले पनि निष्र्कषमा पुग्न बाँकी रहेको बताए ।  उनले  प्रशोधन उद्योग खोल्नका लागि उपयुक्त भनिएको पूर्वी नवलपरासीको लोकाहामा रहेको प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण गरे । 
लोकाहामा गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागी बजेट छुट्टयाएर काम सुरु गरेको छ । 
यस अघि धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा सो क्षेत्रमा गरेको अध्ययनमा कच्चा फलामको भण्डार रहेको देखाएको थियो । खानी तथा भूगर्भ विभागले यसअघि गरेको अध्ययनबाट त्यस फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । 
सरकारी स्वामित्वमा स्थापित कम्पनीले खानीको भण्डार परिमाणबारे गरेको पछिल्लो अध्ययनले थप पाँच करोड मेट्रिक टन फलाम रहेको अनुमान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिएका छन । 
“आर्थिक वर्ष २०६७÷६८ देखि उक्त स्थानमा रहेको खानीको अन्वेषण सुरू गरिएको थियो, अन्वेषणका क्रममा फलामको भण्डारण १० करोड मेट्रिकटन रहेको अनुमान गरेको कम्पनीले अहिले गरेको अन्वेषणले त्यसको परिमाण बढी भएको देखाएको छ । ” 
देशको सबैभन्दा ठूलो फलाम खानीका रूपमा हेरिएको उक्त फलाम खानी १० किलोमिटर लम्बाइ, १५ देखि ३० मिटर चौडाइ र १०० मिटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम गतवर्ष चीन पठाएको थियो । 
चीनबाट प्राप्त प्रतिवेदनले व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि गरेको थियो । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका–५ मा पर्ने धौवादीमा १० किलोमिटर लामो फलाम खानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार