२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

कोरोना भाइरसको सङ्क्रमण :  'देशभर थप ४४४ सङ्क्रमित, तीनको मृत्यु '

बिहिवार , भाद्र ९, २०७९


काठमाडौँ, भदौ । कोरोना भाइरसको सङ्क्रमण आज  ४४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई तीन सय सात जना घर फर्किएका छन् । आजै कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९८ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । 

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा चार हजार २६, संस्थागत आइसोलेशनमा एक सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । 
विगत २४ घण्टामा पाँच हजार पाँच सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार