२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा  : 'देशभर थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि'

आइतवार , भाद्र ५, २०७९


काठमाडौँ, भदौ । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार ४२३ जनाको नमुना परीक्षण गरिएको थियो । 
एक हजार ८१६ जनाको पीसीआर र एक हजार छ सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
विगत २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ७९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ७८ हजार नौ सय एक पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९२ पुगेको छ । हाल होम आइसोलेशनमा चार हजार एक सय ५५, संस्थागत आइसोलेसनमा एक सय ९३, आईसीयूमा ५१ र भेन्टिलेटरमा पाँच सङ्क्रमित छन् । 

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुग र रुकुम पश्चिम छन् । काठमाडौँमा दुई हजार ९१, ललितपुरमा सात सय २५ र भक्तपुरमा ६१ सक्रिय सङक्रमित  छन् । कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार