काठमाडौँ, भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएको अस्वस्थ गतिविधिले पार्टीलाई क्षति पुगेको बताएका छन् । अध्यक्ष यादवले राजनीतिक समितिको प्रथम बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष याववले भनेका छन, बाबुराम भट्टराई र उनको गुटले गर्दा पार्टी जीवन नै ठप्प हुन पुगेको छ, सक्रिय र जीवन्त बनाउन लाग्दैछौ ।
पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको पनि अध्यक्ष यादवले बताए ।
उनले भने, पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेर पार्टीलाई अप्ठयारोमा पारे ।
अध्यक्ष यादवले प्रस्तावमा भनेका छन्, ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र बाबुराम भट्टराई र उहाँनिकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्यो ।
कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो । पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको छ ।’
जनसंघर्षमा र निर्वाचनको बेला प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्ने पार्टीको निर्माण गर्नुपर्ने पनि उनले बताएका छन् । जसपाबाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेको छ ।