काठमाडौँ, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन ।
जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गरेका छन । संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो ।
जनआकाश साप्ताहिकलाई शुभकामना व्यक्त गर्दै उनले भने, “स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ, तपाईंहरुलाई पनि यही लागेको होला र म पनि त्यसैमा विश्वास गर्छु ।”