२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

कांग्रेस काठमाडौँ क्षेत्र ५ को अभियान

संघीय र प्रदेशसभा निर्बाचन :  “मतदाताको भावना : स्थानीय र जनतामा भिजेको उमेद्वार”

शनिवार , श्रावण २८, २०७९


काठमाडौँ, असार । आगामी संघीय र प्रदेशको  निर्बाचनको तिथी तोकिएसँगै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ मा बागमती प्रदेश सदस्य  रमेश खड्काले  थालेको  संघीयतथा प्रदेश सदस्य कस्तो उमेद्वार चयनमा गर्ने भन्ने बिषयमा चलाएको छलफल सम्पन्न गरेको छ । 
कठमाडौँ, क्षेत्र नं ५ अन्तर्गतका महानगर तथा नगर क्षेत्रका वडाहरुमा चलाईएको छलफल अभियानमा केन्द्रिय नेतृत्वले जिल्ला, प्रदेश तथा क्षेत्रस्तरमा बसेर भूगोलभित्रको र भूगोललाई चिनेको, लामो समयदेखि पार्टी संगठन बिस्तार तथा सामाजिक क्षेत्रमा बसेर स्थानीय जनता तथा सर्वसाधारणको हित तथा सेवाका निम्ति काम गरेको ब्यक्तिलाई उमेद्वार चयन गर्नुपर्ने र त्यस्तोलाई बिजयी गराउन सजिलो हुने भन्ने बिषयमा छलफल चलाएको थियो ।  
कठमाडौँ क्षेत्र नं ५ भित्रका विभिन्न वडा तथा टोलमा नेपाली कांग्रेसका क्षेत्रीय तथा स्थानीयस्तरका नेता, स्थानीय समाजसेवी तथा सर्वसाधारण जनताबीच चलाइएको छलफलमा सबै सहभागीको एउटै जोड जिल्ला, प्रदेश तथा क्षेत्रस्तरमा बसेर  भूगोलभित्रको र भूगोललाई चिनेको, लामो समयदेखि पार्टी संगठन बिस्तार तथा सामाजिक क्षेत्रमा बसेर स्थानीय जनता तथा सर्वसाधारणको हित तथा सेवाका निम्ति काम गरेको ब्यक्तिलाई उमेद्वार चयन गर्नुपर्ने र त्यस्तोलाई बिजयी गराउन सजिलो हुने नै थियो ।   
झन्डै १२ बर्ष क्षेत्रीय सभापति चलाईसकेका हाल बागमती प्रदेश सदस्य रमेश खड्काले कार्यक्रम तथा भेटघाटका अवसरमा भने,  'आफ्नो अभियानका क्रममा उठ्न चाहना राख्नेजति सबैले आउनुहोला, स्वसथ रुपले जाऔँ, जसले टिकट ल्यायाे  सबैले सघाउँ, तर हामीले यो मापदण्ड चाहिँ लागुहुनुपर्छ, जिताउन सजिलो हुन्छ ।' 
नेताहरुले योगदानको मूल्यांकन गरी जो जहाँ काम गरेको छ  त्यहीकालाई उमेद्वार बनाउन माग  राख्दै गरिएको यो कार्यक्रमका अवसरमा छ  ५ नं प्रदेशसभा सदस्यका लागि  ख मा डा. भगवान खड्का तथा कृष्ण थापालगायले  ईच्छा जाहेर गरी आफू तयारीमा जुटिसकेको र सबैले सघाउन पजि आग्रह गरे । डा. खड्का बागमती प्रदेश ‘दस्य छन भने थापा पार्टीको महाधिबेशन प्रतिनिधि हुन । 
त्यसैगरी ५ न. का लागि प्रदेशसभा सदस्यमा अनिशराम भट्टराइले आफू दह्रिलो उमेद्वार भएको  दाबी गरे भने प्रदेश क बाट आफले राम्रै तयारी गरेको र जित्ने बताए  भने उनी  पार्टीको काठमाडौ जिल्ला सदस्य छन ा 
त्यस्तैगरी  ५ क बाटै अर्का प्रकाश महर्जनले पनि आफ्नो उमेद्वार हुने चाहना राख्दै छलफल र भेटघाटलाई तिब्र बनाएको उल्लेख गरे । उनी पार्टीको महाधिबेशन प्रतिनिपधि छन ।
छलफमा उपस्थित सबै नेताहरुले भने, उमेद्वारी चयन गर्दा स्थानीय र पार्टी संगठन बिस्तारमा योगदान गरेकालाई टिकट दिए जिताउन सजिलो हुन्छ, त्यही गर्न सबै केन्द्रिय नेतृत्वलाई दवाव दिन सबै लाग्नपर्ने भेटघाट तथा छलफलका क्रममा  बताएको बागमती प्रदेश सदस्य रमेश खड्काले जानकारी दिएका छन।   
नेता खड्काले काठमाडौँ क्षेत्र नं ५ मा स्थानीय नरहरि आचार्य उमेद्वार नभएपछि पार्टीले यहीको नभई बाहिरबाट ल्याई उमेद्वार दिएपछि जिताउन असजिलो भएको उपस्थित सबै कार्यक्रममा नेताहरुले ब्यक्त गरेको पनि जानकारी दिए ।   
उनीहरुले काठमाडौँ ५ मा यस क्षेत्र बाहिरका विभिन्न ब्यक्तिले उमेद्वार हुने बताउन थालेपछि यस क्षेत्रका स्थानीय तथा लामो समयदेखि यस क्षेत्रमा रहेर काम गर्दै आएका नेताहरुको सक्रियता र धारणा बनाउन सबैबीच पुगेर भावना बुझ्ने काम गरेको पनि बताएदै यही कुरा र भावना नेतृत्व तहमा लाने बताएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार