२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चीन - ताईवान तनाव

चिनियाँ सेना : 'ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी अभ्यास जारी' 

पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ - फायर सैन्य अभ्यास 

सोमवार , श्रावण २३, २०७९

 

बेइजिङ,  साउन ।  चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।
पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ(फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन्, ।
चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने  कुराको विरोध गरिरहेको छ तर साभामुख  पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ। 
यसै बीच संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापान लगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य  उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धता समेत दोहोर्याएका छन्।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार