२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने :  'बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् ' 

शनिवार , श्रावण २१, २०७९


भक्तपुर, साउन  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । 
स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा बताएका हुन । 
 उनले भने,  कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले थपे, भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गरे । 
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए । उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए । 
नेता घिमिरेले भने,  “२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ ।”

उनले निर्वाचन आउँछ, जान्छ तर देश बदलिँएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँछाँै भन्ने सङ्कल्प गर्नु आवश्यक रहेको बचाए ।  
नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजङ्ग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दुर्लभ थापा, पूर्वसङ्घीय सांसद लेखनाथ न्यौपाने, बाग्मती प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडीलगायतले निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन । 
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालय बालकोटका ९२ विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गरे ।  कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार