२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

श्रावण शुक्ल सप्तमी कल्की जयन्ती मनाइँदै

बुधवार , श्रावण १८, २०७९

काठमाडौँ, साउन । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।कल्की भगवान् विष्णुको दशाँै अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ ।

जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।

पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ । सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्कि प्रादुर्भविष्यति । सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ ।

भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार