२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भक्तपुर :  'सङ्क्रमितको सङ्ख्या बढ्यो '

सोमवार , श्रावण १६, २०७९


भक्तपुर, साउन । भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३८ पुगेको छ । गत असार १६ गते ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको भक्तपुरमा एक महिनाको अवधिमा सो सङ्ख्यामा सङ्क्रमित बढेको हो । 

सक्रिय सङ्क्रमितमध्ये भक्तपुर र चाँगुनारायण नगरपालिकाका एकरएक महिला गरी दुईजना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ७९ पुरुष र ५७ जना महिला गरी कूल १३६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सविता पुर्कोटीले जानकारी दिएकी छन । 

उनका अनुसार भक्तपुरमा साउन १० गते ९९ जना, साउन ११ गते एकसय १४, साउन १२ गते एक सय २०, साउन १३ गते एक सय ३१ जना सक्रिय सङ्क्रमित थिए । भक्तपुरमा हालसम्म २१ हजार पुरुष र १८ हजार एक सय ९१ महिला गरी कूल ३९ हजार एक सय ९१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार ६८० पुरुष र १७ हजार नौ सय ९५ महिला सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई सय ४१ पुरुष र एक सय ३७ महिला गरी कूल तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुरथिमि नगरपालिकाका एक सय १२ जना छन् । तीमध्ये ७५ पुरुष र ३७ महिला छन् । सूर्यविनायक नगरपालिकामा ७१ पुरुष र ४० महिला गरी एक सय १११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
यसैगरी भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३५ महिलागरी ८७ जना र चाँगुनारायण नगरपालिकामा ४३ पुरुष र २५ महिला गरी ६८ जनाको मृत्यु भएको जनस्वास्थ्य अधिकृत पुर्कोटीले बताइन । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार