२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

राज्यमन्त्री केसीले भने : 'सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ '

शनिवार , श्रावण १४, २०७९

काठमाडौँ, साउन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।

एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताउनुभयो ।

स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, 'सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ ।'

राज्यमन्त्री केसीले अहिले पनि गाउँ- गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार