२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

काेराेना महामारीकाे सन्त्रास

नेपालमा काेराेना : ' एकै दिन ७१० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु'

बिहिवार , श्रावण १२, २०७९

काठमाडौँ , साउन ।  नेपालमा एकै दिन ७१० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् । 

 

बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ । २४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार